लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै : मुख्यमन्त्री शाह
सारांश
- मुख्यमन्त्री कमलबहादुर शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए।
- उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन आवश्यक रहेको र शहीदहरूप्रति सम्मान व्यक्त गरे।
- मुख्यमन्त्री शाहले लोकतान्त्रिक मूल्य र मान्यतालाई जनस्तरसम्म पुर्याउनुपर्ने बताए।
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्रै हुने बताएका छन्। आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र दिवसले सबै नेपालीलाई दिगो शान्ति, सुशासन र समृद्धिको साझा लक्ष्यमा सँगै हिँड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री शाहले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको उल्लेख गरे।
उनले मुलुकको वर्तमान राजनीतिक अवस्थामा राजनीतिक स्थायित्व कायम गर्न निर्वाचनबाहेक अर्को उत्तम विकल्प हुन नसक्ने ठोकुवा गरे। नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा योगदान पुर्याउने सबै योद्धा तथा शहीदहरूप्रति उनले उच्च सम्मान प्रकट गरे। शाहले १०४ वर्ष लामो निरङ्कुश शासन ढालेर जनताको शासन ल्याएको यस दिनको ऐतिहासिक महत्त्व सधैँ अक्षुण्ण रहने बताए।
२००७ सालको क्रान्तिले नै नेपालमा आधुनिक युगको सुरुआत गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले लोकतान्त्रिक मूल्य र मान्यतालाई जनस्तरसम्म पुर्याउनु आजको प्रमुख दायित्व भएको बताए। प्रजातन्त्रको जगमा उभिएर नै मुलुकले संघीयता र गणतन्त्रजस्ता उपलब्धि हासिल गरेको भन्दै उनले यी प्राप्तिको रक्षाका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए। हरेक वर्ष फागुन ७ गते मनाइने यो दिवसले नेपाली राजनीतिमा नागरिक सर्वोच्चताको महत्त्वलाई फेरि एकपटक स्मरण गराएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण