विश्वकपको समूह चरणबाटै बाहिरिएपछि अस्ट्रेलियाले स्पष्ट पार्यो स्टिभ स्मिथको ‘कभर’ भूमिका
सारांश
- अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोली २०२६ को टी-२० विश्वकपमा समूह चरणबाटै बाहिरियो।
- टोली बाहिरिएपछि स्टिभ स्मिथको भूमिका र टिम छनोटको विषयमा आलोचना भयो।
- छनोटकर्ताले स्मिथलाई कभर खेलाडीका रूपमा राखिएको र समग्र प्रदर्शनको समीक्षा गरिने बताए।
सिड्नी। अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीका छनोटकर्ता टोनी डोडेमाइडले २०२६ को टी–२० विश्वकपमा टोली समूह चरणमै बाहिरिएपछि स्टिभ स्मिथको भूमिकाबारे स्पष्ट पारेका छन् । उनले स्मिथलाई सुरुदेखि नै टोलीमा ‘कभर’ खेलाडीका रूपमा राखिएको बताएका हुन् ।
सन् २००९ पछि पहिलो पटक अस्ट्रेलिया विश्वकपको पहिलो चरण पार गर्न असफल भयो । प्रतियोगितामा अस्ट्रेलियाले आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा ११औँ स्थानमा रहेको जिम्बाब्वेसँग अप्रत्याशित हार बेहोरेको थियो भने त्यसपछि श्रीलङ्कासँग पनि पराजित भयो ।
यस अप्रत्याशित नतिजापछि अस्ट्रेलियामा विभिन्न ठाउँबाट आलोचनासँगै प्रतिक्रिया सुरु भएको छ । डोडेमाइडले विश्वकप यात्रालाई ‘निकै निराशाजनक’ भन्दै प्रतियोगिता सकिएपछि पूर्ण समीक्षा गरिने बताएका छन् ।
स्मिथलाई टोलीमा समावेश गरेलगत्तै अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएपछि उनको भूमिकामाथि प्रश्न उठेको थियो । ओमानविरुद्धको अन्तिम समूह चरणको खेल नै यस संस्करणमा स्मिथले खेल्ने सम्भावित एक मात्र अवसर बनेको छ ।
डोडेमाइडले भने, ‘हामी उनलाई मुख्यतः शीर्ष क्रमका लागि हेर्छौँ र त्यही स्थानका लागि कभरका रूपमा टोलीमा ल्याइएको हो ।’
स्मिथलाई सुरुमा मिचेल मार्शको ग्रोइन चोटका कारण पहिलो दुई खेल गुमाउँदा कभरका रूपमा बोलाइएको थियो । मार्स तेस्रो खेलमा फर्किएपछि, चोटग्रस्त जोस हेजलवुडको स्थानमा स्मिथलाई औपचारिक रूपमा टोलीमा राखिएको थियो ।
डोडेमाइडका अनुसार, ‘उनी वास्तवमा तेस्रो खेलका लागि मात्र उपलब्ध थिए । त्यो खेलमा मिचेल मार्स र ट्राभिस हेडको जोडीले उत्कृष्ट प्रदर्शन ग¥यो ।’
श्रीलंकाविरुद्ध मार्स र हेडले ८.२ ओभरमा १०४ रनको साझेदारी गर्दै दुवैले अर्धशतक प्रहार गरेका थिए । तर बाँकी ब्याटिङ लाइनअपले त्यसलाई सदुपयोग गर्न नसक्दा टोली १८१ रनमै सीमित भयो ।
हालसम्म प्रतियोगिताका शीर्ष ३० सर्वाधिक रनकर्तामध्ये कुनै पनि अस्ट्रेलियाली खेलाडी छैनन् । टोलीका शीर्ष स्कोरर म्याट रेन्शालाई श्रीलंकाविरुद्धको खेलमा मार्शलाई स्थान दिन बाहिर राखिएको थियो । यसैबिच प्याट कमिन्स, जोस हेजलवुड र संन्यास लिएका मिचेल स्टार्कको अनुपस्थितिले अस्ट्रेलियाको फास्ट बलिङ आक्रमण कमजोर बनेको छ ।
पूर्व क्रिकेटर मार्क वाले स्मिथलाई सुरुमा टोलीमा नछानिएको विषयलाई ‘अपमान’ भनेका छन् । उनले भने, ‘छनोट समस्या र चोटकै कारण प्रतियोगिता सुरुदेखि नै असफल भयो । स्टिभ स्मिथजस्तो उत्कृष्ट खेलाडीलाई बाहिर राख्नु अत्यन्तै अचम्मलाग्दो निर्णय हो ।’
स्मिथको टिममा छनोटको विषयमा उनको बिग ब्यास लिग २०२५/२६ सिजनको प्रदर्शन पनि बलियो आधार बनेको थियो । उनले २९९ रन ५९.८० को औसत र १६७.९७ को स्ट्राइकरेटमा बनाएका थिए, जसमा एक शतक र दुई अर्धशतक समावेश थिए ।
श्रीलंकाविरुद्ध म्याट रेन्शालाई बाहिर राखी क्याम ग्रीनलाई निरन्तरता दिने निर्णयले पनि आलोचना खेप्यो । पूर्व खेलाडी म्याथ्यु हेडनले भने, ‘ग्रीन ब्याटिङमा आत्मविश्वासविहीन देखिएका छन् । रेन्शाले घरेलु एकदिवसीय सिरिजमा राम्रो प्रदर्शन गरेका थिए र उनी अन्यायमा परेका छन् ।’
पूर्व फास्ट बलर ग्लेन म्याकग्राथले पनि ग्रीनलाई स्मिथभन्दा प्राथमिकता दिनु उचित नभएको बताए । ‘यदि उनी बलिङ गरिरहेका छैनन् भने उनी स्टिभ स्मिथभन्दा राम्रो खेलाडी हुन् भन्ने सन्देश दिन खोजिएको हो, जुन मलाई उचित लाग्दैन,’ उनले भने ।
टिम छनोटकर्ता डोडेमाइडले अन्तिम खेलपछि समग्र प्रदर्शनको समीक्षा गरिने बताएका छन् । ‘प्रतियोगिता यसरी टुङ्गिनु निकै निराशाजनक हो । तर ओमानविरुद्धको खेल बलियो रूपमा समाप्त गरेर घर फर्किएपछि पूर्ण विश्लेषण गरिनेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण