बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डेढ वर्षपछि भेटियो हराएको मोटरसाइकल

जेनजी प्रदर्शनमा हराएको ट्राफिक प्रहरीको दुई वटा मोटरसाइकल पनि भेटिए
बिहीबार, ०७ फागुन २०८२, १४ : ४३
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • उपत्यका ट्राफिक प्रहरीले हराएका ५३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
  • प्रशान्त श्रेष्ठले डेढ वर्षअघि हराएको मोटरसाइकल फिर्ता पाए, जुन नेपालटारमा फेला परेको थियो।
  • जेनजी प्रदर्शनमा हराएका दुई ट्राफिक प्रहरीको मोटरसाइकल पनि फेला परेको छ।

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले हराएको मोटरसाइकल खोजीलाई तीव्रता दिएको छ । बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले ५३ वटा दुई पांग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।

लामो समय अघिदेखि हराएको मोटरसाइकल पनि ट्राफिक प्रहरीको चोरी अनुसन्धान गर्ने शाखाले पत्ता लगाएर धनीलाई हस्तान्तरण गरेको छ । प्रशान्त श्रेष्ठले डेढ वर्षअघि हराएको आफ्नो मोटरसाइकल बिहीबार फिर्ता पाएका छन्।

मण्डिखाटारबाट हराएको उनको बा.प्र.०२६ प ०७३१ नम्बरको मोटरसाइकल एसएसपी नवराज अधिकारीले उनलाई फिर्ता दिए । उनको मोटरसाइकल नेपालटारमा फेला परेको हो । मोटरसाइकल फिर्ता गर्दै एसएसपी अधिकारीले उनलाई सोधे, ‘कस्तो लाग्यो ?’ श्रेष्ठले जवाफ दिए, ‘एकदमै खुसी लाग्यो ।’

जेनजी प्रदर्शनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट चोरी भएको दुई वटा ट्राफिक प्रहरी कर्मचारीको मोटरसाइकल पनि भेटिएको छ । ट्राफिक प्रहरी श्रीष राम थारुको प्रदेश–३–०२–०१३ प ३५६६ नम्बरको मोटरसाइकल र नारद प्रसाद भाटको बा.प्र.०२–०४३ प ७६२६ नम्बरको मोटरसाइकल फेला परेको हो । 

रामशाहपथबाट हराएको आफ्नो मोटरसाइकल चागलबाट भेटिएको खुसीमा ट्राफिक प्रहरी श्रीष राम थारुले एसएसपी अधिकारीलाई मिठाई खुवाए । अर्का प्रहरी नारद प्रसाद भाटको रामशाहपथबाट हराएको मोटरसाइकल नयाँ बानेश्वरबाट ट्राफिक प्रहरीको चोरी अनुसन्धान शाखाको टोलीले फेला पारेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप