२०० पेज लामो कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।
- प्रतिज्ञापत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक वृद्धिदर र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ।
- कांग्रेसले 'कोखदेखि शोकसम्म' को अवधारणा ल्याउँदै सामाजिक सुरक्षालाई जोड दिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक २०० पृष्ठ लामो कांग्रेसको प्रतिज्ञापत्र सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित छ।
२०४८ सालयता सार्वजनिक पद धारण गरेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ।
आर्थिक र विकासको पक्षलाई प्रतिज्ञापत्रले विशेष प्राथमिकतामा राखेको छ। आगामी पाँच वर्षलाई 'आर्थिक पुनरुत्थानको दशक' घोषणा गर्दै कांग्रेसले वार्षिक ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने र अर्थतन्त्रको आकार दोब्बर बनाउने लक्ष्य लिएको छ।
स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्न 'जहाँ रोजगारी, त्यहाँ कांग्रेस' को नीति लिँदै पाँच वर्षमा कम्तीमा १५ लाख रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी योजना अघि सारिएको छ। साथै, १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने र विद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य पनि कांग्रेसले लिएको छ ।
सामाजिक सुरक्षाका क्षेत्रमा कांग्रेसले 'कोखदेखि शोकसम्म' को एकीकृत अवधारणा ल्याएको छ। ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार, क्यान्सर र मिर्गौला जस्ता गम्भीर रोगका बिरामीलाई उपचार खर्च र विपन्नलाई निःशुल्क स्वास्थ्य बिमाको ग्यारेन्टी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण