मोरङमा गठबन्धन चर्चा : एमाले उम्मेदवार कांग्रेस उम्मेदवारकाे घरमा पुगेपछि...
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार इरन राई कांग्रेसका उम्मेदवार सुनिल शर्माको घरमै पुगेर भलाकुसारी गरेका छन् । मोरङ ३ बाट निर्वाचनमा यसअघि विजयी भएका कांग्रेसका शर्मा यस पटक पनि चुनाव जित्न चाहन्छन् ।
तर, उनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्की भारी बन्दै गएको सो क्षेत्रमा चर्चा छ । यही चर्चाकाबिच दुई उम्मेदवारबिच एकआपसमा भएको भलाकुसारीले सो क्षेत्रमा एमाले र कांग्रेसबिच गठबन्धन हुन लागेको हल्ला फैलिएको छ ।
सो क्षेत्रमा पर्ने पथरीका एक जना स्थानीयले भने, ‘त्यो भेट जम्काभेट मात्रै हो जस्तो लाग्दैन । यहाँ कांग्रेसलाई एमालेले सघाउने गरी छलफल भएको बुझेको छु ।’ कांग्रेस उम्मेदवारलाई एमालेले मोरङ ३ मा सघाए झापा ५ मा एमालेलाई कांग्रेसले सघाउने ती व्यक्तिले दाबी गरे ।
झापा ५ मा बालेनले उम्मेदवारी दर्ता गराएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । आफ्नो सङ्कट टार्न ओलीले मोरङ ३ मा कांग्रेसलाई दिएर आफूले सहयोग लिन खोजेको बताइएको छ ।
एमालेका उम्मेदवार इरान राई बुधबार एकाएक सुनिल शर्माको निवासमा पुगेका थिए । राई त्यहाँ पुगेको फोटो सामाजिक सञ्जालमा विभिन्न हिसाबले प्रचार भइरहेको छ । एमाले र कांग्रेस कार्यकर्ताहरूले सौहर्दताको नमुना भन्दै फोटो सार्वजनिक गरेका छन् भने अरू पक्षले भने त्यो गठबन्धनको गन्ध हुनसक्ने भन्दै चर्चा र बहस गरिरहेका छन् ।
कांग्रेसका नेता महेन्द्र सुवेदीले भने गठबन्धन गरेको हल्लामा कुनै सत्यता नभएको बताए । ‘यो जम्काभेट मात्रै हो । इरनजीहरु घरदैलो कार्यक्रममा सुनिल जीको घरमा पुग्नु भएको रहेछ । खाना खाने समय भएकोले सुनिल जी पनि त्यही हुँदा भेट भएको हो । अन्यथा लिनु हुँदैन,’ सुवेदीले भने, ‘हामी पनि घरदैलोमा जाँदा एमालेका उम्मेदवार, नेकपाका उम्मेदवारसँग भेटघाट गरेकै छौँ । रास्वपाका उम्मेदवार गणेशजीसँग पनि हाम्रो सौहार्दै छ ।’
उनले विगतमा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने र बोलचाल नै बन्द हुनेजस्तो परिस्थितिबाट आज कसरी यस्तो हुन गयो भन्ने विषयमा चर्चा भएको हुनसक्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण