केन्द्रीय सुरक्षा समिति : शान्तिपूर्ण चुनाव गराउन सुरक्षा प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सकिएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा तिन वटै सुरक्षा अङ्गका प्रमुखहरू र सेनाका प्रतिनिधिले फागुन २१ मा हुने निर्वाचन सुरक्षाबारे छलफल गरेका छन्।
बैठकमा समसामयिक विषय र निर्वाचन सुरक्षाबारे छलफल भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू पनि बैठकमा भर्चुअल माध्यमबाट सहभागी थिए।
गृहमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष तवरबाट चुनाव सम्पन्न गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । निर्वाचन सम्पन्न नहुँदा राष्ट्रको अवस्था अझै कमजोर हुने उल्लेख गर्दै बैठकमा अर्यालले सुरक्षा प्रमुखहरूलाई भने, ‘सबै सुरक्षा निकायले आपसमा समन्वय गरेर शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनुस् ।’
बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्याललाई अहिलेसम्मको गतिविधि र तयारीबारे ब्रिफिङ गरेका थिए।
जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले जिल्लामा भएको समस्या र थप जनशक्ति आवश्यक रहेको बारेमा आफ्ना समस्या राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण