आहा रारा गोल्डकप : सहारा र जावलाखेलबिच उपाधि भिडन्त
शुक्रबार, ०८ फागुन २०८२, १५ : १३
पोखरा । २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनलमा आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।
बिहीबारको प्रतिस्पर्धामा १० खेलाडीमा सीमित हुँदा पनि जावलाखेलले उपाधि भिडन्त पक्का गर्न सकेको हो । उज्वेकिस्तानको बलियो टिम आभा फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्यो ।
सहाराले भने मनाङ मर्स्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको शिकार बनाउँदै फाइनल पुगेको हो । सहाराले १२ औँ संस्करणको उपाधि जितेको छ ।
११ र १५ औँ संस्करणमा समेत फाइनल पुगेर पनि उपाधिबाट वञ्चित बनेको थियो ।
शनिबार सहारा र जावलाखेलबिच हुने फाइनलमा विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण