एमालेको झण्डा जलाएको विषयमा निर्वाचन आयोगले के भन्यो ?
काठमाडौँ । गएराति दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको विषयमा निर्वाचन आयोगले निर्णय नगरिसकेको बताएको छ ।
शुक्रबार आयोगको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सहायक प्रवक्ता सीता पुनले आयोगले आधिकारिक निर्णय गरिनसकेको बताइन् ।
‘निर्वाचन आचारसंहिता अथवा आचारसंहिता विपरीतका कार्य भए भने निर्वाचन कसुर सजाय ऐन अन्तर्गत रहेर निर्वाचन आयोगले कारबाही गर्ने हो । यस विषयमा अहिलेसम्म आयोगबाट निर्णय नभइसकेकाले यहाँ मैले थप बोलिरहनुपरेन’, पुनले भनिन् ।
रास्वपाका सभापति रवि लामिछाने कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दाङ आउनेक्रममा स्वागतका लागि पर्खिएका रास्वपाका कार्यकर्ताहरूले चुनाव चिन्ह सूर्य अङ्कित झण्डा जलाएको एमालेले आरोप लगाएको छ ।
यस्तै राजनीतिक दलहरूबाट फागुन ४ गतेबाट निर्वाचन खाता सञ्चालन होस् भन्ने आयोगको अपेक्षा रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण