चितवन–३ मा उम्मेदवार बनेका जितबहादुर नेकपामा प्रवेश
सारांश
- नेकपा संयुक्तका उम्मेदवार जितबहादुर बिक नेकपामा प्रवेश गरे।
- उनले उम्मेदवारी फिर्ता लिँदै पार्टी प्रवेश गरेको बताए, र विकासमुखी एजेन्डालाई बलियो बनाउने प्रतिबद्धता जनाए।
- रेनु दाहालले बिकलाई धन्यवाद दिइन् र अन्य कार्यकर्तालाई पार्टीमा समाहित गराउन आग्रह गरिन्।
भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा संयुक्तका उम्मेदवार जितबहादुर बिक नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा उनले उम्मेदवारी फिर्ता लिँदै पार्टी प्रवेश गरेका हुन् ।
पार्टीका नेता तथा चितवन–३ का चुनावी कमान्डर ईश्वरी भट्टराईले उनलाई टीका लगाएर स्वागत गरे । पार्टी प्रवेशपछि बिकले कम्युनिस्ट आन्दोलनको एकीकरण र विकासमुखी एजेन्डालाई बलियो बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको बताए। उनले चितवन–३ की उम्मेदवार रेनु दाहालको विजय अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए। साथै, नेकपा संयुक्तका अन्य कार्यकर्तालाई पनि पार्टीमा समाहित गराउने बताए ।
सो अवसरमा उम्मेदवार रेनु दाहालले बिकले उम्मेदवारी फिर्ता लिई सहयोग गरेकोमा धन्यवाद दिँदै पार्टीमा स्वागत गरिन् ।
कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज ईश्वरी भट्टराई, चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायत नेताहरू सहभागी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण