शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

देशमा केही भएको छैन भन्ने भाष्य गलत – ओली

शनिबार, ०९ फागुन २०८२, १९ : ०३
शनिबार, ०९ फागुन २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएको छैन भन्ने भाष्य गलत भएको बताएका छन् । 

शनिबार झापाको दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा उनले देशमा केही हुँदै गएको र अझै धेरै गर्न बाँकी रहेको समेत स्पष्ट पारे ।

देशमा केही भएको र अझै धेरै गर्न बाँकि रहेको उनको भनाइ थियो । अध्यक्ष ओलीले विकास, निर्माणका कामहरू गर्दै जाने विषय भएको पनि बताए । 

‘देशमा केही भएको छैन भन्ने होइन, भएको छ । तर अझै हुन बाँकी छ । त्यो गर्दै जानुपर्छ । दमकमा पिच सडक हेर्न राजमार्ग जानुपर्दथ्यो । अहिले बेडबाटै हेर्न सक्नु हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि सुधार आएको छ । अझै गर्दै जानुपर्नेछ,’ उनले भने । 

अध्यक्ष ओलीले आफ्नो निर्वाचन झापा क्षेत्र नम्बर ५ मा पनि पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम भएको पनि बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप