नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय रूपमा सम्पन्न गर्ने उद्देश्यले नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा आज यहाँ सम्पन्न अभ्यासमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नमना मतदान गराइएको हो ।
निर्वाचनका दिन अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा सिकाउने लक्ष्यका साथ अभ्यास सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख लालप्रसाद शर्मा भुसालले बताए ।
“नमुना मतदानलाई वास्तविक निर्वाचनको स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन वटा लाइनको व्यवस्था गरिएको थियो”, उनले भने, “अभ्यासमा मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।”
अभ्यासका क्रममा मतदानका बेला हुनसक्ने सम्भावित विवाद व्यवस्थापन, मतपत्र च्यातिने वा बिग्रिने अवस्थाको समाधान, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा समाधान, लाइन व्यवस्थापन, घुइँचो नियन्त्रण, सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइएको नवलरपासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।
निर्वाचन प्रक्रियालाई त्रुटिरहित, सुरक्षित र मतदातामैत्री बनाउँदै फागुन २१ गतेका दिन कुनै अन्योल नहोस् भन्ने उद्देश्यले यस्तो अभ्यास प्रभावकारी हुने विश्वास लिइएको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीले बताए । उनका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण