सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

निर्वाचनमा मत सर्वेक्षण गर्ने मिडियालाई कारबाही हुन्छ: प्रमुख आयुक्त भण्डारी

आइतबार, १० फागुन २०८२, ११ : ५९
आइतबार, १० फागुन २०८२

सारांश

  • निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताए।
  • उनले निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमले सहयोग गरेको र निर्वाचन नै विकल्प भएको बताए।
  • आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घन गर्ने मिडियालाई कारबाहीको चेतावनी दिए।

काठमाडौँ  । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त  रामप्रसाद भण्डारीले निर्वाचन सम्बन्धी माहोल बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम अगाडि बढाई रहेको बेला त्यसको माहोल बनाउने काम सञ्चारमाध्यमले गरेको उनले बताए ।

गोरखापत्र एकेडेमीको आयोजनामा आयोजित निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रममा उनले संविधान संरक्षणका निम्ति निर्वाचन अपरिहार्य रहेको बताए । कुनै कुण्ठित व्यक्तिले कुण्ठा व्यक्त गर्दैमा निर्वाचन नबिथोलिने बताए ।  उनले भने, 'निर्वाचनको विकल्प निर्वाचन नै हो । यसलाई बिथोल्ने काम कसैबाट नहोस् ।' धमिलो पानीमा माछा मार्ने काम कसैबाट नहोस् भन्दै उनले दलहरू गाउँ गाउँ गइसकेको अवस्थामा चुनावारे भ्रम छर्न नहुने उल्लेख गरे । 

यसपालि निर्वाचनमा देखिएको उत्साह यसअघि कहिले पनि नदेखिए बताउँदै उनले  बताए । कुनै पनि पक्षबाट निर्वाचन विरुद्ध नजायोस् भनेर आचारसंहिता ल्याएको बताउँदै प्रमुख आयुक्त भण्डारीले कतिपय ठाउँमा मिडियाबाट आचारसंहिता उल्लङ्घन गरेको बताए ।

कतिपय प्रतिष्ठित मिडियाले मत संरक्षण गरेर मतदातालाई भ्रमित पारेको बताउँदै उनले आयोगले कारबाही नगरेकोमा कमजोरी नठान्न आग्रह गरे । पटक पटक यस्तै भयो भने कानुन अनुसार कार्यवाही हुने उनले चेतावनी दिए । मत सर्वेक्षण नगर्नुस् भनी पटक पटक सम्झाइ बुझाइ गरे पनि अटेरी भइरहेको भन्दै उनले यो सिलसिला जारी रहे संविधानमा व्यवस्था भए अनुसार कारबाही हुने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप