सबै धर्म र आस्थालाई समान व्यवहार गर्न इसाई समाजको माग
आइतबार, १० फागुन २०८२, १३ : ५७
सारांश
- इसाई समाजले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
- धर्मनिरपेक्ष मुलुकमा सबै धर्मलाई समान व्यवहार गर्न माग गर्दै पत्र बुझाइएको हो।
- पत्रमा समाधिस्थलको व्यवस्था, इसाई पर्वलाई राष्ट्रिय पर्व बनाउनुपर्ने माग छन्।
दमक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई इसाई समाजले ९ बुँदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ ।
गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहेका ओलीलाई समाजका अगुवाहरूले आइतबार भेट गरि धर्मनिरपेक्ष मुलुकमा सबै धर्म र आस्था राख्नेलाई समान व्यवहार गर्ने व्यवस्था मिलाउन आग्रह सहित मागपत्र बुझाएका हुन् ।
समाजका नगर अध्यक्ष हेमन्त सुब्बा, सल्लाहकार आकाश थुलुङ् सहितका अगुवाहरूले ओलीसँगको भेटमा मृत्यु पछिको संस्कारका लागि समाधिस्थलको व्यवस्था, इसाईका मुख्य पर्वलाई राष्ट्रिय पर्व र बिदामा समावेश गर्ने लगायतका विषय सहितको मागपत्र बुझाएका हुन् । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहेका ओली यति वेला निर्वाचन क्षेत्रमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण