ऋषिराम कट्टेललाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सारांश
- सर्वोच्च अदालतले नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
- कट्टेललाई फागुन ६ गते कीर्तिपुरबाट निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ गरिएको थियो।
- प्रहरीले कट्टेलसहित धर्मेन्द्र बास्तोला, विष्णुप्रसाद तिमिल्सिना र एसपी साहलाई पक्राउ गरेको छ।
काठमाडौँ । सर्वोच्च अदालतले नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
ऋषिराम कट्टेलको हकमा छोरा रुपेश कट्टेलले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कट्टेललाई अदालतमा उपस्थित गराउन र लिखित जवाफ पेश गर्न गृहमन्त्रालयसहितको नाममा आदेश दिएको हो ।
निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत फागुन ६ गते कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको थियो । प्रहरीले कट्टेलसहित हालसम्म नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र नेता विष्णुप्रसाद तिमिल्सिना तथा दुर्गा प्रसाईं समूहका एसपी साहलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
यसअघि दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा गत शुक्रबार मात्रै सर्वोच्च अदालतले बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण