राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूति’ सार्वजनिक
झापा । राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी समेत रहेकी शाक्यले लेखेका जीवनका अनुभवहरू समेटिएको संग्रहको नवसंस्करण आइतबार एक कार्यक्रमकाबिच लोकार्पण गरिएको हो ।
एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओलीसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेस प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारी लगायतले संयुक्त रूपमा कृति विमोचन गरे । कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो ।
त्यस अवसरमा एमाले अध्यक्ष ओली र शाक्य बिचको वैवाहिक वर्षगाँठ समेत परेकाले पाणिनी प्रकाशनले उनीहरूलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरू समेत सुनाएकी थिइन् ।
१४ वर्ष जेल जीवन बिताएर कमजोर शरीर लिएर आएको व्यक्तिसँग आफूले कुनै अपेक्षा समेत नराखी विवाह गरेको उनले सुनाइन् । उनले भनिन्, ‘केपी ओली सांसद हुनुहोला, मन्त्री हुनुहोला वा प्रधानमन्त्री नै बन्नुहोला भन्ने केहि सोचेको थिईँन, केवल उहाँसँग भावनात्मक रूपमा एक भएकाले विवाह गरेको हुँ ।’
त्यस क्रममा उनले २०४४ साल फागुन १० गते विवाह पछि सयौँ पटक झापा र दमक आए पनि यस वर्षको क्षण विशेष लागेको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण