राजदूत ढकालले दिएकाे राजीनामा स्वीकृत
सारांश
- साउदीका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले राजीनामा दिएका छन्।
- सरकारले फिर्ता बोलाएका राजदूतमध्ये हालसम्म सात जनाले राजीनामा दिइसकेका छन्।
- अन्य चार राजदूतहरूले भने मन्त्रालयमा हाजिर गरेर तलब भत्ता बुझिरहेका छन्।
काठमाडौँ । सरकारले फिर्ता बोलाइएका राजदूतमध्ये साउदीका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले राजीनामा दिएका छन्। जेनजी आन्दोलनपछि बनेको सरकारले विभिन्न देशमा रहेका ११ जना राजदूतलाई असोजको अन्तिम साता फिर्ता बोलाएको थियो ।
त्यसमध्ये हालसम्म सात जनाले राजीनामा दिइसकेका छन् । चार जना राजदूतहरू अझै मन्त्रालयमा हाजिर गरेर समय बिताइ रहेका छन् । राजदूत ढकालले दिएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत गरेका छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ढकालले केही समय पहिले आफ्नो पदबाट राजीनामा दिएका थिए, उनको राजीनामा आज स्वीकृत भएको हाे ।
यसअघि विभिन्न समयमा रुसका लागि नेपाली राजदूत जङ्गबहादुर चौहान, मलेसियाका लागि नेपाली राजदूत डा। नेत्रप्रसाद तिमल्सिना, अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र कतारका लागि नेपाली राजदूत रमेश पौडेलले राजीनामा दिइसकेका छन् ।
नेपालका लागि जर्मनीका शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, स्पेनका लागि शनिल नेपाल, र जपानका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले हालसम्म राजीनामा दिएका छैनन् ।
उनीहरू मन्त्रालयमा हाजिर गरेर तलब भत्ता बुझ्दै आएका छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रालयमा झिकाइका राजदूतहरूले काम गर्नुहुन्छ हामीलाई केही थाह छैन, कति बेला आउनु हुन्छ कति बेला जानु हुन्छ कसैलाई थाह हुँदैन तर महिनाको महिना तलब भत्ता बुझी रहनु भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण