कर्ण मल्लसहितलाई पुरानै घर फर्किन कांग्रेस डडेलधुराको आग्रह
आइतबार, १० फागुन २०८२, १७ : २०
काठमाडौँ । नेपाली कांग्रेस डडेलधुराले नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लसहितका नेतालाई पुरानै घरमा फर्कन आग्रह गरेको छ ।
कांग्रेसका डडेलधुरा जिल्लाका पूर्वसमापतिसमेत रहेका मल्लसहित तत्कालीन पूर्वउपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपालीलाई पुरानै घर फर्कन कांग्रेस डडेलधुराले आग्रह गरेको हो ।
कांग्रेसका डडेलधुरा सभापति भीमबहादुर साउदले आइतबार विज्ञप्ति जारी गर्दै मल्ल, लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई नेपाली कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन आग्रह गरेका हुन् ।
जिल्ला सभापति साउदले प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन मल्लसहितका नेतालाई सक्रिय भूमिका खेल्न आग्रह विज्ञप्तिमार्फत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण