मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छ : प्रदेश प्रमुख मियाँ
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
आइतबार मुस्लिम आयोगको गत आर्थिक वर्ष २०८१/८२ को सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उनले अधिकार संरक्षणका लागि आयोगले थप भूमिका बढाउनुपर्ने बताए ।
प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायका नागरिक क्रमिक रूपमा अधिकारसँग जोडिँदै गएको उल्लेख गरे । उनले भने, “पछिल्लो समय आयोगले सञ्चालन गरेका गतिविधिहरू प्रशंसनीय छन् । प्रतिवेदनमा समेटिएका विषयबारे प्रदेशसभामा समेत छलफल हुन्छ । देखिएका समस्या समाधानमा प्रदेश सरकारले आवश्यक भूमिका खेल्छ ।”
प्रदेश प्रमुखसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले वार्षिक प्रतिवेदन पेस गरेका थिए । कार्यवाहक अध्यक्ष अलीले गत वर्ष सञ्चालन गरिएका कार्यक्रम र प्रभावबारे जानकारी गराएका थिए ।
प्रतिवेदनमा आयोगका गतिविधि, वार्षिक कार्यक्रम, समस्या तथा मुस्लिम समुदायसम्बन्धी तथ्याङ्क समावेश गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण