निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन निर्वाचन आयोगको निर्देशन
आइतबार, १० फागुन २०८२, १९ : ३७
सारांश
- निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई आचारसंहिता पूर्ण पालना गर्न निर्देशन दिएको छ।
- आयोगले राजनीतिक दल वा उम्मेदवारको प्रचारमा संलग्न नहुन कार्यपालिकालाई स्पष्ट पारेको छ।
- आचारसंहिता उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने आयोगले जनाएको छ।
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिका पदाधिकारीलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।
आयोगले निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचन सुनिश्चित गर्न स्थानीय कार्यपालिकामा रहेका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचार–प्रसारमा संलग्न हुन नपाउने स्पष्ट गरेको छ।
आचारसंहिता उल्लङ्घन हुने गतिविधिमा संलग्न भएको पाइए कानुनअनुसार कारबाही गरिने आयोगले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वासयोग्य बनाउने उद्देश्यसहित आयोगले सबै स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण