बार्सिलोनाको लेभान्टेमाथि सहज जित, शीर्ष स्थानमा फर्कियो
आइतबार, १० फागुन २०८२, २३ : २०
सारांश
- बार्सिलोनाले लेभान्टेलाई ३-० गोलले पराजित गर्दै सहज जित दर्ता गर्यो।
- खेलमा मार्क बर्नाल, फ्रेन्की डे जोङ र फर्मीन लोपेजले गोल गरे।
- जितसँगै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेमाथि ३–० को सहज जित दर्ता गरेको छ । यस जितसँगै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।
बार्सिलोनाका लागि मार्क बर्नालले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३२औँ मिनेटमा फ्रेन्की डे जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । खेलको ८१ औँ मिनेटमा फर्मीन लोपेजले अर्को गोल थप्दै बार्सिलोनाको ३–० को जित सुनिश्चित गरे ।
यो जितपछि बार्सिलोना २५ खेलबाट ६१ अंक बटुल्दै लिग तालिकाको पहिलो स्थानमा उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको रियल म्याड्रिड भने ६० अंकसहित दोस्रो स्थानमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण