पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, आत्मसमर्पण गर्दैनौँ : जेलेन्स्की
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँगको युद्धमा नझुक्ने दृढता व्यक्त गर्दै विजयको सङ्कल्प दोहोर्याए।
- जेलेन्स्कीले पुटिनको युद्धविरामको सर्तलाई अस्वीकार गर्दै युक्रेनी सेना फिर्ता नहुने बताए।
- उनले पुटिनलाई रोक्न सैन्य र आर्थिक दबाब आवश्यक रहेको र तेस्रो विश्वयुद्धको खतरा औंल्याए।
कीभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्याएका छन्। राजधानी कीभस्थित सरकारी मुख्यालयमा भएको बीबीसीसँगको कुराकानीमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामको सर्तलाई पूर्ण रूपमा अस्वीकार गरेका हुन्।
पुटिनले हजारौँ सैनिकको बलिदान दिएर पनि कब्जा गर्न नसकेका रणनीतिक क्षेत्रहरूबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने माग राखेका थिए, जसलाई जेलेन्स्कीले आफ्नै जनता र भूमिलाई अलपत्र छाड्ने आत्मघाती कदमको रूपमा व्याख्या गरेका छन्। जेलेन्स्कीका अनुसार पुटिनले विश्वमा आफू अनुकूलको जीवनशैली थोपर्न खोज्दै तेस्रो विश्वयुद्धको सुरुवात गरिसकेका छन्।
रुसले डोनेत्स्क, खेरसन र जापोरेजियाका महत्त्वपूर्ण सहरहरू बुझाउनुपर्ने माग राखे पनि जेलेन्स्कीले ती क्षेत्रहरू 'किल्ला' भएको र त्यहाँका लाखौँ जनतालाई रुसी क्रूरताको भरमा छाड्न नसकिने प्रस्ट पारेका छन्। युद्धविरामले पुटिनलाई केही समयका लागि सन्तुष्ट पारे पनि त्यो केवल सैन्य शक्ति पुनर्गठन गर्ने मौका मात्र हुने र दुई-तीन वर्षभित्रै रुसले पुनः अर्को भीषण आक्रमण गर्ने जेलेन्स्कीको दाबी छ।
पुटिनलाई रोक्ने एक मात्र विकल्प तीव्र सैन्य र आर्थिक दबाब सिर्जना गर्नु नै रहेको उनले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण