भोलेन्टियर फोर्सको प्रदेश भेला दमकमा, ओलीले सम्बोधन गर्ने
सोमबार, ११ फागुन २०८२, ०९ : २९
सारांश
- नेकपा एमालेको युवा संगठन एनभीएफको कोशी प्रदेशस्तरीय भेला झापाको दमकमा हुँदैछ।
- भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्, जसमा ५० हजार युवा सहभागी हुनेछन्।
- दमक ७ मा हुने सभामा गायक वैकुण्ठ महतको टिमले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ।
झापा । नेकपा एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को कोशी प्रदेशस्तरीय भेला झापाको दमकमा सोमबार हुँदैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सो भेलामा प्रदेशका विभिन्न जिल्लाका फोर्सका कार्यकर्ता सहभागी हुने जनाइएको छ । फोर्सका कोशी प्रदेश संयोजक राजकुमार थापाका अनुसार करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरिएको छ ।
थापाका अनुसार झापा ५ का जनताहरूको पनि उल्लेख्य उपस्थिति हुने सभामा गायक वैकुण्ठ महतको टिमले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ । दमक ७ स्थित पशु हाटमा हुने सभा दिउसो ११ बजे सुरु हुने आयोजकले जनाएको छ ।
सभालाई फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले पनि सम्बोधन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण