रौतहट–३ मा प्रतिनिधिसभा निर्वाचनका लागि ८२० कर्मचारी खटाइयो
सारांश
- रौतहट क्षेत्र नं. ३ मा फागुन २१ गते हुने निर्वाचनका लागि ८२० कर्मचारी खटाइएको छ।
- प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत रहनेछन् भने सहयोगी कर्मचारी पनि परिचालन गरिनेछ।
- यस क्षेत्रमा १ लाख ८ हजार ६९९ मतदाता रहेको र ४० जना उम्मेदवार प्रतिस्पर्धामा रहेको बताइएको छ।
रौतहट । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं. ३ मा ८२० जना कर्मचारी खटाइएको छ।
निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं. ३, कटहरियाका अनुसार प्रत्येक मतदान केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत रहनेछन्। ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा तीन जना सहयोगी कर्मचारी/स्वयंसेवक र एक जना कार्यालय सहयोगी खटाइएको छ। ५०० भन्दा कम मतदाता भएका केन्द्रमा दुई–दुई जना सहयोगी कर्मचारी/स्वयंसेवक र एक जना कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ।
निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाहाका अनुसार नमूना मावि कटहरिया–५ तथा मावि भसेढवास्थित मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित तीन जना सहयोगी कर्मचारी/स्वयंसेवक र एक–एक जना कार्यालय सहयोगी परिचालन गरिएको छ।
उनका अनुसार १३७ वटा मतदान केन्द्रका लागि १३७ जना मतदान अधिकृत, १३७ जना सहायक मतदान अधिकृत, ४११ जना सहयोगी कर्मचारी/स्वयंसेवक र १३७ जना कार्यालय सहयोगी परिचालन गरिएको हो। कर्मचारी परिचालनमा पूर्ण समानुपातिक र पारदर्शी विधि अपनाइएको उनले बताए।
रौतहट–३ मा ७७ वटा मतदान स्थलअन्तर्गत १३७ वटा मतदान केन्द्र रहेका छन्। यस निर्वाचन क्षेत्रमा पुरुष मतदाता ५९ हजार ९६९, महिला मतदाता ४८ हजार ७३० र तेस्रो लिङ्गी १ जना गरी कुल १ लाख ८ हजार ६९९ मतदाता रहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलगत र स्वतन्त्र गरी कुल ४१ जनाले उम्मेदवारी दिएका थिए। एक जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि हाल ४० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण