धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम
जुम्ला । जुम्लाको तिला गाउँपालिका–४ स्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बनेको छ । त्रिवेणीधाम धार्मिकयात्रामा निस्किनेको रोजाइमा पर्ने गरेको वडाध्यक्ष भद्रवीर सार्कीले जानकारी दिए ।
तिला नदी र भेरीखोला नदीको सङ्गमस्थलमा रहेको त्रिवेणीधाम विशेषरी आन्तरिक पर्यटनको रोजाइमा पर्ने गरेको छ । दुई नदीको सङ्गमस्थल भएकाले त्रिवेणी धामका रुपमा नामकरण गरिएको हो । वडाध्यक्ष सार्कीले भने, “त्रिवेणीधाम तिला गाउँपालिकाकै प्रसिद्ध धार्मिक क्षेत्र नभएर जिल्लाकै परिचित रहेको छ ।”
त्रिवेणीधामलाई आन्तरिक तथा बाह्रपर्यटनसँग जोड्नका लागि गाउँपालिकाले गुरुयोजना बनाएको वडाध्यक्ष सार्कीको भनाइ छ । त्रिवेणीधामलाई थप आकर्षण बनाउनका लागि पर्यटन बोर्डबाट आर्थिक सहयोगले धर्मशालासमेत निर्माण भएका छन् । त्रिवेणी क्षेत्रमा जिल्लाका अरु स्थानीय तहबाट पर्यटक आउने गरेको तिला गाउँपालिका–४ का स्थानीयवासी गोरखबहादुर शाहीले बताए ।
ऐतिहासिक धार्मिकस्थलका रुपमा त्रिवेणी रहेकाले धार्मिक पर्यटकको सङ्ख्यालाई बढाउनका लागि गुरुयोजना बनाएर अघि बढेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । त्रिवेणीधाम ऐतिहासिक धार्मिकस्थल हो, धार्मिकयात्रामा निस्कने धेरैको गन्तव्य त्रिवेणीधाम पर्ने गर्दछ । त्रिवेणीधाममा साउनमा धार्मिकयात्रामा आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ ।
शिवरात्रिमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । त्रिवेणीधाम क्षेत्रलाई थप विकास गरी धार्मिक पर्यटकको गन्तव्यका रुपमा देशकै प्रमुख गन्तव्य बनाउन सकिने सम्भावना रहेको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण