‘१० प्रतिशत खराब मान्छे संगठित हुँदा ९० प्रतिशत असल मान्छेले दुःख पाए’
सारांश
- निर्वाचनको समयमा, नरबहादुर कार्कीले नेपाली समाजमा रहेको 'मास फ्रस्टेसन' को विश्लेषण गर्दै छन्।
- कार्की, जो अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक र राजनीतिज्ञ हुन्, उनले युवा पुस्तामा भविष्यप्रतिको चिन्ता रहेको बताए।
- उनले चुनावबाट जनताले अपेक्षा गरेजस्तो नहुन सक्ने शंका व्यक्त गर्दै, समाज र देशका लागि केही गर्नुपर्ने विचार राखे।
काठमाडौं । देश निर्वाचनमा होमिएको छ, उम्मेदवारहरू नयाँ-नयाँ आश्वासन बाँड्दै मतदाता फकाइरहेका छन् । देश चुनावी उल्लासमा रहेको बेला अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक तथा राजनीतिज्ञ नरबहादुर कार्की भने समाजमा रहेको ‘मास फ्रस्टेसन’ केलाउँदैछन् ।
‘नेपाली समाज, त्यसमा पनि नवयुवाको ठुलो पंक्ति मास फ्रस्टेसनबाट गुज्रिरहेको छ । हुन त त्यो एकपटकका लागि जेनजी आन्दोलनमा पोखियो तर करिअर र भविष्यप्रतिको चिन्ताको फ्रस्टेसन अन्तरकुन्तरमा निकै छ,’ रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा उनी भन्दैथिए ।
हाल उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य समेत रहेका कार्कीले जीवनको लामो समय द्वन्द्वग्रस्त मुलुकहरूमा पुगेर त्यहाँ मानिसहरूको जीवनमा सकारात्मक ऊर्जा भर्ने काम गरेका छन् । सामाजिक अभियन्ताको छवि पनि बनाएका कार्की अघिल्लो निर्वाचनमा जाजरकोटमा उम्मेदवार समेत बनेका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनी विजयी बन्न त सकेनन्, तर त्यहीँबाट राजनीतिप्रति हुटहुटी अरू बढ्यो ।

‘विभिन्न मुलुकमा काम गर्दा त्यहाँका मानिसका समस्या र हाम्रा समस्याबिच तुलना गर्ने मौका पाएँ । द्वन्द्वग्रस्त ती मुलुकका समस्या भन्दा हाम्रा समस्या निकै मसिना थिए,’ उनी भन्छन्, ‘तर सिस्टम फेलियर हुन थाल्यो भने हामी पनि त्यहाँ पुग्न कुनै समय लाग्दैन । बेलैमा आफ्नो समाज र देशका लागि केही गर्नुपर्छ भन्ने लागेर नेपाल फर्किएँ र आफूले सोचेको कुरा र योजना कार्यान्वयनकै तहमा लैजाने हो भने राजनीतिमा नलागी हुँदैन भन्ने निष्कर्षमा पुगें ।‘ कार्की यसपटक उम्मेदवार त बनेका छैनन् तर मिहिन ढंगले चुनावी गतिविधिहरूलाई नियालिरहेका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा चुनाव हुन लागेकाले मानिसहरूमा यसपटक अलि बढी नै अपेक्षा पनि देखिन्छ । तर कार्कीलाई सोचेजस्तै हुन्छ भन्नेमा शंका लाग्छ । ‘मेरो विचारमा चुनावबाट जे होला भन्ने जनताले अपेक्षा गरेका छन्, त्यति नै हुन्छ भन्ने कुरामा मलाई शङ्का छ,’ उनी भन्छन्, ‘किनभन्दा चुनावले जे जस्ता वाचाहरू, जे जस्ता सङ्कल्पहरू नेपाली जनतालाई दलहरूले ल्याइराखेका छन्, तिनीहरूको व्यावहारिक पक्ष, सम्भाव्यताको पक्षलाई हेर्यो भने निकै परम्परागत चुनावहरूमा जनतालाई एउटा रेगुलर अपेक्षाहरूको प्रस्तुतीकरण नै भइराखेको छ ।‘
मानिस किन दु:खी भइरहेको छ, सुखको अनुभूति गर्ने के गर्ने ? निराशालाई आशामा बदल्न कसरी सकिन्छ ? जीवनप्रति सकारात्मक ऊर्जा भर्न तपाईं के गर्नुहुन्छ ? नेपाली युवामा आशा जगाउन के गर्ने ? फागुन २१ मा हुने निर्वाचनले मुलुकलाई अर्कै गतिमा लैजान्छ कि केही हुनेवाला छैन ? जीवन, समाज र राजनीतिका विषयमा केन्द्रित रहेर अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक कार्कीसँग ‘टक फर्वार्ड’मा गरिएको कुराकानी भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो/फोटो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण