शेखर कोइरालाको अठोट पत्रमा के छ ?
मङ्गलबार, १२ फागुन २०८२, ०६ : ४२
सारांश
- डा. शेखर कोइरालाले मोरङ क्षेत्र नं. ६ का लागि निर्वाचनको अठोटपत्र सार्वजनिक गरे।
- उनले लोकतन्त्र, सुशासन, शिक्षा, स्वास्थ्य, किसान, डिजिटल विकास, उद्योग र बाढी समाधानका ८ अठोट सार्वजनिक गरे।
- उनले संविधान संशोधन र पूर्ण कार्यान्वयनका लागि संसदमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइराला आसन्न निर्वाचनका लागि अठोटपत्र सार्वजनिक गरेका छन् ।
संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि भन्दै उनले ८ अठोट सार्वजनिक गरेका हुन् । जसमा लोकतन्त्र , सुशासन, शिक्षा, स्वास्थ्य, किसान, डिजिटल विकास, उद्योग, र बाढी समाधान समावेश छन् ।
बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयनमा उनले जोड दिएका छन् । संविधान संशोधन र पूर्ण कार्यान्वयनका लागि संसदमा सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।
रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र भन्ने नाराका साथ बन्द भएका र कमजोर रहेका उद्योग पुनः सञ्चालनको नीति लिने उनले अठोटपत्रमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण