वर्षासँग करणले कसे लगनगाँठो, लेखे – वाचा भयो तिमीलाई मेरो (तस्बिरहरू)
सारांश
- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीले रेडियो जकी वर्षा बस्नेतसँग भारतको चन्दीगढमा विवाह गरे।
- उनीहरू लामो समयदेखि प्रेममा थिए र केही समयअघि इन्गेजमेन्टको घोषणा गरेका थिए।
- वर्षाले विवाहलाई जीवनको सुन्दर अध्यायको सुरुवातको रूपमा वर्णन गरिन्।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी विवाह बन्धनमा बाँधिएका छन् । उनले रेडियो जकी तथा मिडिया इन्फ्लुएन्सर वर्षा बस्नेतसँग गत शुक्रबार भारतको चन्दीगढमा विवाह गरेका हुन् ।
लामो समयदेखि बस्नेत प्रेममा रहेका केसीले केही समयअघि इन्गेजमेन्टको घोषणा गरेका थिए । उनले साइकलमा बस्नेतलाई घुमाउँदै गरेको तस्बिर राखेर स्वप्न सुमनको गीत लखेका छन् – सुख-दुःख, दुःख-सुख सबै बाँडेर, अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर, दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउनेछु सबै-सबै सँगै हाँसेर, वाचा भयो तिमीलाई मेरो ।’

त्यस्तै वर्षाले पनि विवाहको तस्बिरहरू सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘हामी हाम्रो जीवनको सबैभन्दा सुन्दर अध्याय सुरु गर्दैछौँ। वर्षौँको माया, उतारचढाव, धैर्यता र हरेक सुख-दुःखमा एकअर्काको साथमा उभिएपछि, अन्ततः हामी सधैँका लागि एक हुँदैछौँ।’

उनले थपेकी छन्, ‘कतिपय पलहरूले हाम्रो परीक्षा लिए त कतिपय पलहरूले हामीलाई अझ मजबुत बनाए। हाम्रा दिनहरू हाँसोले भरिए त चुनौतीहरूले हाम्रो सम्बन्धलाई नयाँ आकार दिए। यी सबैका बिच, हामीले पटक-पटक एकअर्कालाई नै रोज्यौँ। र, त्यही रोजाइले नै आज हामीलाई यहाँसम्म ल्याइपुर्याएको छ। यो दिनलाई हामीले सधैँ सरल र आत्मीय बनाउन चाहेका थियौँ, जहाँ केवल हामी हौँ।

हातमा हात मिलाएर यो नयाँ यात्राको सुरुवात गर्दा, हामीसँग वर्षौँका सँगालेका सम्झनाहरू र जीवनभरका बाचाहरू साथमा छन्। हामी यो नयाँ सुरुवातका लागि यहाँहरू सबैको माया र आशीर्वादको अपेक्षा गर्दछौँ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण