डा. प्रकाश शरण महतले सार्वजनिक गरे चुनावी प्रतिज्ञापत्र
सारांश
- डा. प्रकाश शरण महतले नुवाकोट-१ मा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरे, जसले 'समृद्ध नुवाकोट निर्माण अभियान' लाई प्राथमिकता दिन्छ।
- उनले निर्माणाधीन सडकखण्ड पूरा गर्ने, कृषि र पर्यटन क्षेत्रलाई जोड्ने सडक बनाउने प्रतिबद्धता व्यक्त गरे।
- महतले खानेपानीको व्यवस्था, डम्पिङ साइटको प्रभावकारी व्यवस्थापन, र पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्य राखेका छन्।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नुवाकोट–१ का उम्मेदवार डा. प्रकाश शरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
मंगलबार नुवाकोटमा कार्यक्रम गरी डा. महतले ‘समृद्ध नुवाकोट निर्माण अभियान’ नाम दिएर प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।
डा. महतले जनताको विश्वासलाई मतमा परिणत गराउने र काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । डा. महतले आफूले प्रत्यक्ष निर्वाचन नलड्दै गरेका कामहरूलाई निरन्तरता दिनु र जनताको सेवा आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन् ।
उनले टोखा छहरे सुरुङ मार्ग, बालाजु–रानीपौवा–पिपलटार, ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक, तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक राजमार्ग लगायतका निर्माणाधिन सडकखण्डहरूलाई पूर्णता दिने, कृषि, पर्यटन क्षेत्रलाई गाउँपालिका केन्द्रसँग जोड्ने सडक र पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
लिखु र तादी नदी कटान नियन्त्रण र खेतियोग्य जमिनमा सिंचाईको पूर्ण व्यवस्था गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, सिसडोल–बञ्चरे डम्पिङ साइट प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन अनुरुप कार्यान्वयन सुनिश्चित गर्ने र विद्युतीकरणको गुणस्तर र क्षमता बढाउने उनले प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् ।
ककनी, सूइरेचौर, बाघमारा, तलाखु चिसापानी, पञ्चकन्या कोटथोकदेखि गोल्फुभञ्ज्याङ कुटुङसाङसम्मका क्षेत्रहरु लगायतका पर्यटकीय क्षेत्रको गुरुयोजना तयार गरी विकास गर्ने, दुप्चेश्वर, कपिलेश्वर महादेव जस्ता धार्मिक स्थललाई अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्य पनि उनले राखेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण