राष्ट्रपतिसमक्ष ५ देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पाँच देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरे।
- अस्ट्रेलिया, साउदी अरब, र चीनका राजदूतहरूले आवासीय रूपमा प्रमाणपत्र बुझाए।
- गैरआवासीय राजदूतहरू माल्दिभ्स र टर्कीका थिए, जसले प्रमाणपत्र पेश गरे।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त पाँच देशका राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरूले प्रमाणपत्र बुझाएका हुन्।
ओहोदाको प्रमाणपत्र बुझाउनेहरूमा नेपालका लागि आवासीय राजदूतका रूपमा अस्ट्रेलियाका साइमन जर्ज अर्न्स्ट, साउदी अरबका फहद मोहम्मद अज्मी मनिख्र र जनवादी गणतन्त्र चीनका झाङ माओमिङ रहेका छन्।
त्यसैगरी, गैरआवासीय राजदूतका रूपमा मालदिभ्सकी आइसाथ अजिमा र तुर्किये गणतन्त्रका अलि मुरात एर्सोयले पनि राष्ट्रपति पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
समारोहमा नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा विशेष सम्मानका साथ सवारी गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए।
उक्त विशेष समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण