केन्द्रीय सुरक्षा समितिको निर्णय : सुरक्षा व्यवस्थालाई थप मजबुद र प्रभावकारी बनाइने
मङ्गलबार, १२ फागुन २०८२, १८ : २६
सारांश
- सरकारले निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको छ।
- गृह मन्त्रालयको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जगेडा फोर्स बढाउने निर्णय गर्यो।
- गृहमन्त्रीले सुरक्षा निकायहरूलाई समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिए।
काठमाडौँ। सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुद र प्रभावकारी बनाउने भएको छ।
मंगलबार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि चार वटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी थप जगेडा फोर्स बढाउने निर्णय गरेको हो।
बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्ने गरी कार्य गर्न निर्देशन दिए ।
बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण