‘दाङको समृद्धिको नेतृत्व एमालेले गर्छ’
दाङ । नेकपा (एमाले) महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेलले दाङको समृद्धिको लागि एमालेको नेतृत्व लिनुपर्ने बताएका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१३ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रको नेतृत्व गर्न सक्ने सक्षम र अनुभवी पार्टी एमाले मात्र भएको दाबी गरे । उनले विगतका वर्षमा एमालेलाई जिताउन नसक्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि परेको उल्लेख गर्दै अबको निर्वाचनमा एमालेलाई सशक्त रूपमा जिताउनुपर्ने आवश्यकता औँल्याए। “केन्द्रमा एमालेको उपस्थिति राम्रो नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन”, उहाँले भन्नुभयो, “यो निर्वाचनमा एमालेले दाङको समृद्धिको नेतृत्व गर्छ ।”
पोखरेलले दाङको पर्यटन प्रवद्र्धनतर्फ ध्यान दिँदै बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाए। प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्भावनालाई उपयोग गर्दै दाङलाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र बनाउने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण