सर्वोच्च अदालतले भन्यो– निर्वाचन बहिष्कार गर्नु राजनीतिक अधिकार हो, ऋषिराम कट्टेललाई तत्काल छाड्नू
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । कट्टेललाई प्रहरीले गैरकानुनी रूपमा थुनामा राखेको ठहर गर्दै अदालतले उनलाई छाड्न आदेश दिएको हो ।
मंगलबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले आइतबार यस्तो आदेश दिएको हो । कट्टेलको पक्षमा परेको ’बन्दी प्रत्यक्षीकरण’ रिटमाथि सुनुवाइ गर्दै अदालतले सरकारको कदमलाई ’अवैधानिक’ भनेको छ ।
अदालतले आदेशमा मुख्य रूपमा तीनवटा कुरा औंल्याएको छ । शान्तिपूर्ण रूपमा निर्वाचन बहिष्कार गर्ने भन्नु र त्यसका लागि आह्वान गर्नु नागरिकको राजनीतिक अधिकार भएको अदालतको ठहर छ । विचार व्यक्त गरेकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने आदेशमा उल्लेख छ ।
त्यस्तै कट्टेलले कतै पनि हिंसा भड्काएको वा सामाजिक अशान्ति फैलाएको ठोस प्रमाण सरकारले पेस गर्न नसकेको अदालतले जनाएको छ । पक्राउ पुर्जीमा कुन कानुन अनुसार उनलाई समातिएको हो भन्ने स्पष्ट आधार समेत नदेखिएको अदालतको निष्कर्ष छ ।
७५ वर्ष पुगिसकेका कट्टेल मधुमेह र उच्च रक्तचापका बिरामी भएको र उनलाई नियमित औषधि उपचारको आवश्यकता रहेको कुरालाई पनि अदालतले ध्यानमा राखेको छ । अदालतले उनलाई थुनामा राख्नुपर्ने कुनै उचित कारण नभएको भन्दै सर्वोच्चका सह–रजिस्ट्रारको रोहवरमा तत्काल रिहा गर्न गृह मन्त्रालय र प्रहरीलाई निर्देशन दिएको छ । अदालतको आदेशपछि कट्टेल साँझ रिहा भइसकेका छन् । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले कट्टेललाई गत फागुन ६ गते काठमाडौँबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण