चट्याङ लागेर गोरखामा एकको मृत्यु
मङ्गलबार, १२ फागुन २०८२, २३ : ३२
सारांश
- गोरखाको बुंकोटमा चट्याङ लागेर एक बालिकाको मृत्यु भयो, दुई घाइते भए।
- घाइते हुनेमा १३ वर्षीया दीक्षा घर्तिमगर र २४ वर्षीय वीरेन्द्र थापामगर छन्।
- उनीहरूलाई धादिङको खुर्सानीटारमा चट्याङ लागेको थियो, अस्पताल पुर्याउँदा बालिकाको मृत्यु भयो।
गोरखा । चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ ।
साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तिमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते भएका छन् । उनीहरूको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरू तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो । घाइते भएका तीनै जनालाई अस्पताल पुर्याउँदा दिलिशाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण