राजस्थानमा विवाह गर्दै विजय देवरकोन्डा र रश्मिका मन्दाना, पाहुनाका लागि विशेष उपहार
सारांश
- विजय देवरकोन्डा र रश्मिका मन्दाना उदयपुरमा विवाह गर्दैछन्, विवाह अघिका समारोहमा रमाइलो गर्दै छन्।
- विवाहमा आउने पाहुनाका लागि विशेष 'वेडिङ बास्केट' र स्वागत पत्रको व्यवस्था गरिएको छ।
- उनीहरूले इन्स्टाग्राममा विवाह अघिका कार्यक्रमका तस्बिरहरू पोस्ट गरेका छन्, र मार्च ४ मा हैदरावादमा रिसेप्सन पार्टी हुनेछ।
मुम्बई । दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्दाना शुक्रबार (फेब्रुअरी २६)मा राजस्थानको उदयपुरमा वैवाहिक बन्धनमा बाँधिदैछन् । अहिले उनीहरू विवाह अघिको समारोहहरूमा रमाइरहेका छन् ।
यसैबिच, भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले आफ्ना पाहुनाहरूलाई स्वागत गर्न विशेष तयारी गरेका छन् । विवाहमा सहभागी हुन आएका सबै पाहुनाहरूको कोठामा विशेष रूपमा तयार पारिएको ‘वेडिङ बास्केट’ राखिएको छ। उक्त बास्केटमा विजय र रश्मिकाले आफ्नै हातले लेखेको स्वागत पत्र समेत रहेको बताइन्छ ।
विजय र रश्मिकाले विवाह अघिका कार्यक्रमका जानकारी फ्यानलाई इन्स्टाग्राम स्टोरीहरू मार्फत दिइरहेका छन् । सोमबार यो जोडीले पाहुनाहरूसँग पुल भलिबल म्याच खेलेका थिए, भने मंगलबार उनीहरू क्रिकेट मैदानमा देखिए ।
विजयले आफ्नो सामाजिक सञ्जालमा एउटा तस्बिर साझा गरेका छन्, जसमा ब्याट र बल देखिएको छ । रश्मिकाले पनि एउटा धुमिल तस्बिर सेयर गरेकी छिन्, जसमा उनी साथीहरूसँग क्रिकेट खेलिरहेको देखिन्छिन्।
_9RnUT7usKf.jpg)
यो जोडीले रिसेप्सन पार्टी भने मार्च ४ मा हैदरावादमा राखेका छन् । जसमा बलिउड सेलिब्रेटीको भब्य उपस्थिती रहने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण