हेटौँडामा दुर्घटना गराएर भागेको ट्रक पर्सामा फेला
सारांश
- मकवानपुरको हेटौँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनापछि फरार भएको ट्रक पर्साको वीरगन्जमा फेला परेको छ, जहाँ मर्मत गरिँदै थियो।
- प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन्, घटनाबारे अनुसन्धान जारी छ।
काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा दुर्घटना गराएर भागेको ट्रक पर्साको वीरगन्जमा भेटिएको छ । बुधवार बिहान अज्ञात सवारीले ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ घर भएका २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ छन् ।
हेटौँडामा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने मालवाहक ट्रक रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । वीरगन्जमा दुर्घटना हुँदा ठोक्किएको भाग मर्मत गर्न भनेर पाटपुर्जा खोल्दै गरेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको पर्साका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
वीरगन्ज महानगरपालिका–१३ स्थित प्रतिमाचोकमा रहेको ग्यारेजमा बनाउँदै गरेको अवस्थामा प्रहरीले ग.२ ख ८९८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । ट्रकका चालक फरार छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरिरहेको छ ।
चालकले सो मालवाहक ट्रक भोला बडी बिल्डर्स नामको ग्यारेजमा मर्मत गर्न छाडेर फरार भएको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण