हेटौँडामा हिट एन्ड रन : अज्ञात सवारीले मोटरसाइकलाई ठक्कर दिँदा दुई युवकको मृत्यु
सारांश
- हेटौँडा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा राक्सिराङ गाउँपालिकाका २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङको मृत्यु भयो।
- प्रहरीले फरार सवारी साधन र चालकको खोजी गरिरहेको छ, साथै कानुनी अनुसन्धान भइरहेको छ।
मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र सोही ठाउँका १८ वर्षीय अमोश थिङ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन र त्यसका चालक दुर्घटना लगत्तै फरार भएका छन् । प्रहरीले फरार सवारीको पहिचानका लागि घटनास्थल आसपासका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ ।
फरार चालकको खोजी तीव्र पारिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक कानुनी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण