बागलुङ–२ मा प्रलोपाले कांग्रेसलाई सघाउने
बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बनेका पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् ।
बुधबार नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
उनले यस क्षेत्रमा प्रत्यक्ष उम्मेदवार पौडेल र समानुपातिक उम्मेदवार रेनुका काउचालाई समर्थन गरेको बताए । उनले अहिलेको निर्वाचन सामान्य नभएको भन्दै यसमा गम्भीर भएर लाग्नुपर्ने बताए । आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउन सक्ने भन्दै पौडेललाई सघाउने निर्णय गरेको उनको भनाइ छ ।
कुँवरले भने, ‘मुलुक परिवर्तनका लागि दश वर्षे जनयुद्धमा होमिए तर अहिले नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा जनयुद्धले सार्थकता पाउन सकेन । अर्को कुरा दश वर्षे महान् जनयुद्धमा थुप्रै सपनाहरू बाँडेर सत्ताको भर्याङ बनाएर जनतालाई धोका दिएका तमाम गद्दार नेताहरूलाई जनताले आफ्नो अमूल्य भोटमार्फत झापड हान्नु हुनेछ ।’
नेपाली राजनीतिको फोहोरी खेलमा कम्युनिस्ट आन्दोलन खराब तरिकाले प्रस्तुत भएको कुँवरले आरोप लगाए । ‘म धेरै खुसी त छैन, जनताको माझमा उम्मेदवार भएको मान्छे, जनताबाट निर्वाचित भएर देशको सेवा गरुँला भन्ने मेरो रहर र इच्छाहरू थिए, तर त्यो परिस्थिति बनेन, त्यसले गर्दा कांग्रेस उम्मेदवारलाई सघाउने छु’ उनले भने ।
यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण