रास्वपा र एमालेका कार्यकर्ताबिच झडप, २ जना घाइते
बुधबार, १३ फागुन २०८२, २२ : १३
२
सारांश
- बैतडीमा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन्।
- चुनाव प्रचारको क्रममा डिलासैनी गाउँपालिका-७ को लेक टोलमा झडप भएको हो।
- घाइते हुनेमा एमालेका २ जना कार्यकर्ता रहेका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा २ जना घाइते भएका छन् । चुनाव प्रचार प्रसारको लागि घरदैलो गर्ने क्रममा जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा झडप भएको हो ।
झडपमा एमालेका २ जना कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ । झडपमा परेर डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते भएका छन् ।
उनीहरूको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण