‘परालको आगो’को फस्टलुक्समा गहन देखिए सुहाना, सौगात र प्रकाश
सारांश
- वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म 'परालको आगो'को फस्टलुक्स सार्वजनिक गरिएको छ।
- फस्टलुक्समा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत गम्भीर भावभङ्गीमा देखिएका छन्।
- फिल्मले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र मनोवैज्ञानिक सङ्घर्षको कथा बोकेको छ।
काठमाडौँ । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को फस्टलुक्स सार्वजनिक गरिएको छ । बिहीबार फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको फष्टलुक्समा तीनै पात्र निकै गम्भीर भावभङ्गीमामा देखिन्छन्।
जहाँ सुहानाको सिउँदोमा सिन्दूर, अनि निधारमा टीका लगाएकी छन् । तर पनि उनको मन खुसी छैन भन्ने भाव पोस्टरमा झल्किन्छ । यता प्रकाश सपुत घुम ओढेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ । यी तिनै पात्रले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको सङ्केत गरेको छ।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक सङ्घर्षलाई फिल्मले उठान गरेको छ । फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ ।
हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन् । फिल्मको वितरण आर फिल्मसले गर्दैछ ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण