दाङमा सिलिन्डर विस्फोट गराएको आरोपमा एक जना पक्राउ
बिहीबार, १४ फागुन २०८२, १४ : ०१
सारांश
- दाङको पातुखोलामा सिलिन्डर विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय शेरबहादुर दमाई छन्।
- प्रहरीले उनलाई विस्फोटक पदार्थ सम्बन्धी कसूरमा मुद्दा चलाएर अनुसन्धान थालेको छ।
काठमाडौँ । दाङको पातुखोलामा सिलिन्डर विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सुन्दरनगर घर भएका ३९ वर्षीय शेरबहादुर दमाई उर्फ सजक छन् ।
फागुन ५ मा तुलसीपुर उपमहानगरपालिका–६ र वडा नम्बर–८ को सिमानामा पर्ने पातुखोलामा ग्याँस सिलिन्डर विस्फोट गराइएको थियो । सो घटनामा उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहराले रातोपाटीलाई बताए ।
आरोपीलाई तुलसीपुरको रावत गाउँबाट पक्राउ गरेर बुधबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको डीएसपी बोहराले जानकारी दिए । अदालतले उनलाई अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण