६.०३ अङ्कले बढ्यो सेयर बजार, ४ अर्ब १७ करोडको कारोबार
सारांश
- बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा पुग्यो।
- आज कुल ३३५ कम्पनीका १ करोड ५३ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भयो।
- सालपा विकास बैंकको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढ्यो भने निर्जीवन बीमा समूह सबैभन्दा धेरै बढेको देखियो।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा पुगेर बन्द भएको छ ।
आज बजारमा कुल ३३५ कम्पनीका १ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्। दिनभरको कारोबारबाट कुल ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरूमध्ये १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै कमाउनेमा सालपा विकास बैंक रहेको छ, जसको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५८४.५० पुगेको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिलको मूल्य ९.२६ प्रतिशत र हिम स्टारको मूल्य ६ प्रतिशतले वृद्धि भएको छ ।
आज होटल, उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचुअल फण्ड गरी चारवटा समूहगत परिसूचक घट्दा बाँकी समूह बढेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज अपी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आँखुखोला जलविद्युत कम्पनीको २१ करोड १३ लाख र एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
-
डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
-
गुण्डुमा एमाले सचिवालय बैठक
-
रास्वपाको अर्थ राजनीतिक प्रस्ताव : प्रदेश सभा खारेज, स्थानीय तह कटौती (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण