प्रचण्डले भने– अतिवादीसँग गठबन्धन हुँदैन
सारांश
- प्रचण्डले भदौ २३ गतेको हत्या र २४ गतेको विध्वंसलाई अतिवादी प्रवृत्ति भनेका छन्।
- उनले दुवै प्रवृत्तिलाई पराजित गर्न र निर्वाचनमा नेकपालाई विजयी गराउन आह्वान गरे।
- प्रचण्डले निर्वाचनमा कुनै गठबन्धन नगर्ने र आफ्नै एजेन्डामा जाने कुरा स्पष्ट पारे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत भदौ २३ हत्या र २४ गतेको विध्वंस दुवै अतिवादी प्रवृत्ति भएको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी यी दुवै प्रवृत्तिको विरोध गरेका हुन् ।
‘सरकारले २३ जना जेनजी युवाको हत्या गर्यो । जेनजीको हत्याको सबैभन्दा पहिला विरोध गरेर सरकारलाई राजीनामा दिन भनेका थियौँ । भोलिपल्ट विपक्षी दलहरूको बैठक बोलाएर सरकारको दमनको विरोध गरेका थियौँ । सरकारको अहङ्कार र दम्भको प्रवृत्ति अहिलेसम्म पनि समीक्षा हुन सकेको छैन । त्यो प्रवृत्ति अहिले पनि कायमै छ । भदौ २४ गते राज्यको सम्पत्ति, पार्टी कार्यालय र नेताहरूको घर जलाउने काम भयो त्यो अर्को अतिवादी प्रवृत्ति हुन् । यी दुवै नेपाली मनका भावना प्रवृत्ति होइन । यी दुवै प्रवृत्तिका परास्त गर्न म अपिल गर्दछु’, उनले भने ।
पत्रकार सम्मेलनमा उनले यी दुवै प्रवृत्तिलाई पराजित गरी यो निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे ।
उनले भने,‘निर्वाचनमा कसैसँग नहुने प्रस्ट पार्दै उनले भने–हामी कोही कसैसँग गठबन्धन गर्दैनाैँ । आफ्नै एजेन्डाको बलमा जान्छौँ भनेर पहिलेदेखि नै भन्दै आएका थियौँ । तर यस विषयमा बारम्बार बाहिर हल्ला हुँदै आयो । हामीले प्रस्ट भन्न चाहन्छु अहिले यी दुवै खलाको प्रवृत्तिसँग गठबन्धन हुँदैन । समीकरण हुन लागेको विषय खारेज गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण