पक्षपोषण हुने गरी समाचार सम्प्रेषण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मत सर्वेक्षण र कुनै उम्मेदवारको पक्षपोषण हुने गरी समाचार सम्प्रेषण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सेतोपाटी अनलाइनले निर्वाचन आचारसंहिता विरुद्ध समाचार प्रकाशन गरेको भन्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ ल मा अध्ययनरत विद्यार्थीहरु आयुष बडाल, आकाश ढकाल र अधिवक्ता आभास रेग्मीले त्यस्ता समाचार प्रकाशन गर्न रोक लगाउन परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका हुन् ।
पत्रकार आचारसिंता,२०७३ र निर्वाचन आचारसंहिता,२०८२ विपरित नागरिकको संविधान प्रदत्त धारा २७ गोपनियताको हकलाई निष्तेज गर्ने, भ्रम पैदा गर्ने काम गरेको निवेदनमा उल्लेख गरिएको छ ।
उक्त अनलाइनले प्रकाशत गरेको “चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो”, “काठमाडौं–३ मा मुख्य प्रतिस्पर्धा राजु पाण्डे र कुलमान घिसिङ बिच”, मिति २०८२/११/८ मा “दाङ,२ मा रास्वपाका विपिन आचार्य अरुभन्दा धेरै अगाडि”, मिति २०८२/११/१० मा “रुपन्देही–२ मा अरु उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि” र मिति २०८२/११/११ मा “काठमाडौं–६ मा यसपाली पनि रास्वपाका शिशिर खनाल अगाडि” शिर्षकका सामाग्री प्रथम दृष्टि मै गैरसंवैधानिक, गैरकानूनी, बदनियतपूर्ण एवं स्वेच्छाचारी हुनुका साथै अन्तराष्ट्रिय मानवअधिकार कानूनको सर्वथा बिपरित रहेको तर्क गरिएको छ ।
त्यस्तै बिहीबार नै उक्त अनलाइनको रिट पनि दर्ता भएको छ । साे अनलाइनले निर्वाचन आयोग र प्रेस काउन्सिललाई विपक्षी बनाएर रिट निवेदन दिएको हो ।
मतदाताको भनाइ राख्न पाउनुपर्ने मागसहित रिट दर्ता गरिएकाे हो । दुवै रिट बिहीबार दर्ता भएको र शुक्रबारका लागि पेशी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
-
गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण