डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा
सारांश
- प्रहरीले डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिन्धुपाल्चोकका देव बहादुर तामाङ रहेका छन्, उनलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको हो।
- प्रहरीले तामाङको कोठाबाट नक्कली डलर र डलरको साइजमा काटिएका कागजका बिटाहरू बरामद गरेको छ।
काठमाडौँ। डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँको नागार्जुन नगरपालिका ७, रत्नराज्य स्कुल नजिकैको जङ्गलमा डलर साटिदिने भन्दै पटक–पटक फोन गरेर बोलाइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूको टोलीले अपरेशन चलाएको थियो।
पसलेहरूलाई फोन गरी डलरको प्रलोभन देखाउने र डलरकै आकारमा काटिएका कागजका बिटाहरू भिराएर ठगी गर्ने कार्यमा संलग्न ५१ वर्षीय देव बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ घर भएका तामाङलाई प्रहरीले चन्द्रागिरी नगरपालिका १३, पुरानो नैकापस्थित उनकै डेरा कोठाबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको कोठामा खानतलासी गर्दा ५० दरका ५ थान अमेरिकी डलर, १ दरका ७०७ थान अमेरिकी डलर र डलरकै साइजमा काटिएका कागजका ६ वटा बिटाहरू बरामद गरेको छ। पक्राउ परेका तामाङमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण