मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

महिलामाथि अभद्र व्यवहारको आरोपमा मिस विभाका आयोजक अधिकारी पक्राउ

बिहीबार, १४ फागुन २०८२, २० : ५२
बिहीबार, १४ फागुन २०८२

काठमाडौँ । महिलालाई अभद्र व्यवहार गरेको आरोपमा मिस विभा ब्युटी पेजेन्टका आयोजक उद्धव अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

ब्युटी पेजेन्टका प्रतिस्पर्धी एक महिलालाई एक्कासी हातपात गरी सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको उजुरीपछि चितवन भरतपुर महानगरपालिका–२२ का ४१ वर्षीय अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । 

उनीमाथि म्याद थप गरी थप अनुसन्धान कार्य हुने प्रहरीले जनाएको छ।  

मिस विभा व्यूटी पेजेन्ट–२०२७ का आयोजक ४१ वर्षीय अधिकारीले मिस विभामा प्रतिस्पर्धा गर्न आवेदन दिएकाहरुहरुलाई गलत हर्कत गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रस्तुतीकरण सिकाउने बाहानामा फागुन ८ मा उनले २२ वर्षीया युवतीलाई ललितपुरको सानागाउँमा लगेर ‘बेड शेयर गर्नुपर्छ’ भनेर गलत हर्कत गरेको पीडित युवतीको आरोप छ । उनले विगत ७ वर्षदेखी यस्ता गतिबिधी गर्ने गरेको सुचना प्राप्त भएको एसएसपी बोगटीले जानकारी दिए । 

अधिकारीले काठमाडौंको नयाँ बानेश्वरमा एसिया नेटवर्क नामक अफिस सञ्चालन गरेका छन् । प्रहरीले आरोपी बिरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप