चुनावको मुखमा लमजुङका सिडिओ निलम्बित
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङका सिडिओ उमेश ढुङ्गानाविरुद्ध मुद्दा दायर गरेको छ।
- सवारी दर्ता प्रकरणमा मुछिएका ढुङ्गानालाई आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
- भारतीय चोरीका सवारीसाधन दर्तामा अनियमितता गरेको आरोप ढुङ्गानामाथि लागेको छ।
पोखरा । लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ३२ जनाविरुद्ध सवारी दर्ता प्रकरणमा विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।
ढुङ्गाना गत पुस १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा सिडिओका रूपमा कार्यरत छन् । उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगको दाबी छ ।
आयोगका अनुसार यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा राष्ट्रसेवक र गैर–राष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा नेपाल ल्याइएका ‘ब्रेजा’ सवारीलाई सरकारी अभिलेखमा प्रविष्ट गरी वैध बनाइएको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९९२० बमोजिम ढुंगानामाथि कैद र जरिवानाको मागदाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण