शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जागिरको लालसा

सब-इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार

शुक्रबार, १५ फागुन २०८२, १५ : ०४
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • सर्लाहीमा सब-इन्जिनियर प्रमोद कुमार यादवको हत्याको मुख्य योजनाकार गणेश महतो रहेको पुष्टि भएको छ।
  • महतो लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी थिए र यादवको सिट हत्याएर जागिर खाने योजना बनाएका थिए।
  • प्रहरीले महतोसहित हत्यामा संलग्न ३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । सर्लाहीमा सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्याका मुख्य योजनाकार लोकसेवा आयोगका प्रतिस्पर्धी गणेश महतो रहेको प्रहरीले निष्कर्ष निकालेको छ । गत फागुन ३ गते साँझ गोली प्रहारबाट सब-इन्जिनियर यादवको हत्या गरिएको थियो । 

मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवको हत्याको योजना गणेश महतोले बनाएको अनुसन्धानको निष्कर्ष रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक(एसपी) सरोज राईले जानकारी दिए । एसपी राईका अनुसार मृतक यादव र महतो लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी थिए । वैकल्पिकतर्फ १ नम्बर सूचीमा रहेका उनले यादवको हत्या गरेर उनको सिटमा जागिर खाने योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ । 

एसपी सरोज राईले भने, ‘आरोपी महतो लोकसेवाका प्रतिस्पर्धी हुन्, उनकै योजनामा सब–इन्जिनियरको हत्या भएको देखिन्छ ।’

प्रहरीले उनीसहित हत्यामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले गणेश महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतोलाई पक्राउ गरेको हो । महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमानाबाट पक्राउ गरेका हुन् । 

पक्राउ परेकाहरूमाथि प्रहरीले अदालतबाट १५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

छुटाउनुभयाे कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप