‘२३ अगाडि आयो कि २४ भन्ने बकम्फुसे बहस नगरौँ’
सारांश
- जेनजी अभियन्ता तनुजा पाण्डेले भदौको आन्दोलनमा गोली चलाउन र सिंहदरबार जलाउन लगाउने पक्षको सत्यता बाहिर आउनुपर्ने माग गरेकी छिन्।
- उनले चुनाव अघि सत्य तथ्य सार्वजनिक हुनुपर्ने र जनताले सचेत मूल्याङ्कन गर्न पाउनुपर्ने बताइन्, अन्यथा लोकतन्त्र भ्रम मात्र हुने उनको भनाइ छ।
- पाण्डेले आन्दोलनलाई उग्र बनाउने नियोजित भूमिका, सुरक्षा निकायको भूमिका र भाटभटेनीमा भएको घटनाबारे प्रश्न उठाएकी छन्।
काठमाडाैँ । जेनजी अभियन्ता तनुजा पाण्डेले गत भदाैमा भएकाे जेनजी आन्दाेलनमा गोली चलाउन लगाउने र सिंहदरबार जलाउन लगाउने दुवै पक्षको सत्य बाहिर आउनुपर्ने बताएकी छन् । शुक्रबार सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै उनले जनताले चुनावमा सचेत मूल्याङ्कन गर्ने अधिकार पाउनुपर्ने बताएकी हुन् । सत्य बिना चुनाव, लोकतन्त्र होइन व्यवस्थित भ्रम मात्र भएकाे उनकाे भनाइ छ ।
२३ अगाडि आयो कि २४ भन्ने बकम्फुसे बहस नगर्न समेत उनले आग्रह गरिन् । जेनजी अभियन्ता पाण्डेले दुवै दिनमा राज्यबाट र भीडबाट नेपाली जनता मारिएका बताइन्। सत्य र जिम्मेवारीको प्रश्नलाई लुकाएर बहस फेरि मितिमा सिमित पार्नु जनताको पीडा र ज्यानप्रति बेवास्ता भएकाे उनले बताइन् ।
शान्तिपूर्ण प्रतिबद्धताका साथ सुरु भएको आन्दोलनलाई उग्र बनाउने कुनै नियोजित भूमिका थियो कि थिएन भन्दै लगायत उनले १० वटा प्रश्न उठाएकी छन् ।
- शान्तिपूर्ण प्रतिबद्धताका साथ सुरु भएको आन्दोलनलाई उग्र बनाउने कुनै नियोजित भूमिका थियो कि थिएन यो प्रश्न उठ्नैपर्छ। आन्दोलन शान्तिपूर्ण थियो भन्दै गर्दा, करिब ९ः३० बजे माइतीघरमा झडप कसरी भयो? किन उग्र नारा लाग्यो? र त्यो नारा किन उक्साइयो?
- करिब ११ बजे जेनजी समूहले नै “आन्दोलनमा घुसपैठ भइसकेको छ, अवस्था सुरक्षित देखिँदैन, सबै जना घर फर्किनुहोस्” भन्दै सामाजिक सञ्जालमा आधिकारिक रूपमा सूचना जारी गरिसकेको अवस्थामा अग्रपङ्तिमा आन्दोलनको नेतृत्व गरिरहेकाहरूले, माइकको पहुँचमा रहेकाहरूले,त्यो किन देखेनन्? कि देखेर पनि देखेनजस्तो गरे? जब जोखिम स्पष्ट भइसकेको थियो, त्यसपछि पनि आन्दोलन अघि बढिरहनु, कसको निर्णय थियो ?
- ब्यारिकेड तोड्न कसले उक्सायो ? ब्यारिकेड तोड्ने इरादा थिएन भन्ने मानिसहरू संसद् अगाडि किन पुगे ? यदि उद्देश्य शान्तिपूर्ण प्रदर्शन थियो भने, त्यो दिशा कसले बदल्यो?
- त्यो सबै घटना हुँदा, तात्कालिन सरकार र हाम्रो सुरक्षा निकायहरू कहाँ हेरेर बसेका थिए ?
- स्कुलको पोशाकमै रहेका नाबालक भाइबहिनीमाथि गोली चलाउने कसले आदेश दियो?
- “स्कुलको पोशाकमा भएका विद्यार्थीलाई प्रहरीले केही गर्दैन” भन्ने भ्रम कसले फैलायो?
- सिंहदरबार जलाउन कसले उक्सायो? सिंहदरबार जलाउन कसले उक्सायो? देशभर एउटै तरिकाले, एउटै समयमा, संगठित रूपमै आगो कसरी लाग्यो? एउटै साधन प्रयोग गरेर यो विनाश कसरी सम्भव भयो? जब मानिसहरू घरभित्र थिए, बाहिरबाट आगो लगाउनेलाई “attempt to murder” मान्नुपर्छ कि पर्दैन? यी प्रश्नको उत्तर जनताले थाहा पाउनुपर्छ कि पर्दैन?
- भाटभटेनी जलेर भदौ २४ मा ७ जनाको ज्यान गयो। तर आजसम्म को मारियो, कसरी मारियो राज्यसँगै जवाफ छैन। राज्यबाट आक्रोशित मान्छे Bhatbhateni Super Market जलाउन किन जान्छ? त्यो आक्रोश कसले, किन, कसरी मोडिदियो ?
- रास्वपाका प्रमुखलाई प्रहरीले सुरक्षित रूपमा भगाएर निकाल्यो, तर त्यही भदौ २४ मा १० जना बन्दीहरू प्रहरीकै गोलीबाट मारिए। कसैलाई सुरक्षा, कसैलाई हत्या यो कस्तो दोहोरो मापदण्ड हो र कस्तो hypocrisy हो? यदि कानुन सबैका लागि बराबर हुनुपर्छ भने, राज्यको बन्दीमाथि गोली, आन्दोलनकारी माथि गोली चल्नु र शक्तिशालीलाई सुरक्षित निकास यो कसरी न्यायसंगत हुन्छ? यसको जवाफ Nepal Police ले दिनु पर्दैन? सत्य नबोल्ने राज्यप्रति जनताले विश्वास कसरी राख्ने ?
- कार्की आयोगको प्रतिवेदन रोकेर आउने चुनावमा कसलाई फाइदा पुर्याउन खोजिँदैछ ? सत्य लुकाएर जनताको निर्णय क्षमतालाई कमजोर बनाउने प्रयास होइन यो ? “गोली चलाउन लगाउने” र सिंहदरबार जलाउन लगाउने” दुवै पक्षको सत्य बाहिर आएपछि मात्र जनताले चुनावमा सचेत मूल्याङ्कन गर्ने अधिकार पाउनुपर्छ। सत्य बिना चुनाव, लोकतन्त्र होइन व्यवस्थित भ्रम मात्र हो। २३ अगाडि आयो कि २४ भन्ने बकम्फुसे बहस नगरौं ! दुवै दिनमा नै नेपाली जनता मारिएका छन्, राज्यबाट र भीडबाट। सत्य र जिम्मेवारीको प्रश्नलाई लुकाएर बहस फेरि मितिमा सिमित पार्नु जनताको पीडा र ज्यानप्रति बेवास्ता हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण