एनआरएनएको कोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी घोषणा
सारांश
- एनआरएनएका सहकोषाध्यक्ष कृष्ण तिमल्सेनाले आगामी महाधिवेशनमा कोषाध्यक्ष पदको उम्मेदवारी दिने घोषणा गरेका छन्।
- एनआरएनएको १२ औँ महाधिवेशन चैत ३० गते काठमाडौँमा हुँदैछ।
- उनले सबल र सफल एनआरएनएका लागि बलियो कोष निर्माण गर्ने बताए।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का सहकोषाध्यक्ष कृष्ण तिमल्सेनाले आगामी महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएको १२ औँ महाधिवेशन चैत ३० देखि काठमाडौँमा हुने तय भएको छ ।
एनआरएनएभित्र इमानदार र सहयोगी भावना भएको अभियन्ताका रूपमा परिचित उनले आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।
सबल र सफल एनआरएनएका लागि बलियो कोष निर्माणका साथसाथै संघको हिसाब किताब मितव्ययी र पारदर्शी बनाउनका लागि कोषाध्यक्षका रूपमा निर्वाचित भएमा आफूले भूमिका खेल्ने उनले बताए ।
धादिङको धुवाँकोटमा जन्मिएका तिमल्सेना हाल बेलायतमा रहेर व्यवसायका साथै सामाजिक काममा सक्रिय छन् । सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय उनले यसअघि युकेको कार्यसमिति सदस्य, युकेकै उपाध्यक्ष, आइसिसी सदस्य र युरोप उपसंयोजक पदको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण