राजनीतिक ज्ञान र अनुभवले मात्रै निकास र विकास सम्भव : मुख्यमन्त्री पाण्डे
म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राजनीतिक ज्ञान र अनुभव आवश्यक हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस म्याग्दीले आज रघुगङ्गा गाउँपालिका–२ भगवतीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक नेतृत्वमा ज्ञान र अनुभव भएमा मात्रै मुलुकको निकास र विकास सम्भव हुने धारणा राखे ।
सामाजिक सञ्जालमा पुराना र नयाँको नाममा भ्रामक सामग्री राखेर विभाजन ल्याउने र जनतालाई झुक्याउने प्रयास भएको बताउँदै उनले अनुभवले पुराना र विचार तथा योजनाले नयाँ नेतृत्वले मात्रै मुलुकलाई सही बाटोमा लैजाने बताए ।
“उत्तेजनाको राजनीतिले मुलुकलाई अस्थिरतातर्फ लैजान्छ, मुलुक चलाउने कुरा क्षणिक लहडको कुरा होइन, मतदाताहरूले विवेक प्रयोग गरेर मतदान गर्नुपर्छ”, उनले भने ।
सङ्घीयता कार्यान्वयनपछि मुलुकमा पूर्वाधार निर्माणले फड्को मारेको बताउँदै मुख्यमन्त्री पाण्डेले सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा विकास निर्माणमा नेपालमा ठूलो परिवर्तन हासिल भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजा र प्रतिनिधिसभा सदस्यका उम्मेदवार केवी भण्डारीले जिल्लाको विकास र संसद्मा कानुन निर्माणमा सक्रिय सहभागिताका लागि कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण